आठ दलको नेपाल बन्द : काठमाडौं उपत्यकामा प्रभावहीन‚ बाहिर आंशिक

काठमाडौं : प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा आठ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा नरहे पनि उपत्यकाबाहिर आंशिक परेको छ।महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकाको अवस्था सामान्य छ। सवारीसाधानको सञ्चालन भइरहेको छ। उपत्याकाम सडक अवरोध गर्न निस्किएका ६ जनालाई सोमबार बिहान नियन्त्रणमा लिइएको राठौरले बताए। उनीहरुमध्ये नयाँबसपार्कबाट चार, चाबहिल चोक र स्वयम्भुबाट एक/एकजनालाई नियन्त्रणमा लिइएको हो।

सम्बन्धित सामग्री

६ महिनामा काठमाडौं उपत्यकामा घरेलु हिंसाका १ हजारबढी उजुरी

१८ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा ६ महिनामा घरेलु हिंसाका १ हजारबढी उजुरी  परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा घरेलु हिंसाका ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् ।जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार २२३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम […]

काठमाडौं उपत्यकामा दुई सय २० केभीको रिङ प्रसारण लाइन बनाइने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा दुई सय २० केभी क्षमताको रिङ प्रसारण लाइन बनाउने भएको छ । उपत्यकामा विद्युत् आपूर्तिलाई सहज गर्ने उद्देश्यसहित बनाउन लागेको रिङ प्रसारण लाइनको प्राधिकरणले सर्वेक्षण गरिरहेको...

काठमाडौं उपत्यकामा कपाल काटेको शुल्क ५० रुपैयाँ बढ्यो

नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ ।  संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । यसअघि १५० रुपैयाँ रहेकोमा ५०  रुपैयाँ शुल्क बढाइएको हो । नयाँ शुल्क अनुसार दाह्री काटेको  १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ ।यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि

आजपनि काठमाडौं उपत्यकामा यातायात प्रभावित हुने

आजपनि काठमाडौं उपत्यकामा यातायात प्रभावित हुने , चिनियाँ नेता ली चान्सु र राष्ट्रपतिबीच भेटवार्ता हुँदै, निर्वाचन आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गर्ने l यू–१७ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारत भिड्दै, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने l

काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून

४ फागुन, काठमाडौं । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । बजार पसल पनि खुल्ला छन् । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही […]

राजधानी काठमाडौं उपत्यकामा बढे शहरी पन्छी

राजधानी काठमाडौं उपत्यकामा शहरी चराको संख्या बढेको छ । नेपाल पन्छी संरक्षण संघले गरेको गणनामा संख्या बढेको देखिएको हो । हालै सम्पन्न हिउँदे गणनामा उपत्यकामा ६ हजार ७०१ वटा रेकर्डमा आएको संघले जनाएको छ । गत वर्ष हिउँदमा ५ हजार ७५४ वटा थिए । तथ्यांकले ९४७ वटा चरा उपत्यकामा थपिएको देखाउँछ ।  संघको तथ्यांक अनुसार ग्रामीण क्षेत्रमा पनि चराहरूको संख्या बढेको छ । सन् २०२१ मा १ हजार ५२५ मात्रै देखिएको थियो । चराको संख्या यस वर्ष १ हजार ८१५ पुगेको छ तर उपनगरीय क्षेत्रमा चराको सख्या घटेको छ । गत वर्ष २ ह...

काठमाडौं उपत्यकामा नेपाल बन्दको प्रभाव सामान्य

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य रहेको छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् ।अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका देखिन्छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।

काठमाडौं उपत्यकामा मेडिकल टिमसहिको एम्बुलेन्स कुदाउँदै सरकार

काठमाडौं। नेपाल सरकारले रेडक्रससँगको सहकार्यमा काठमाडौं उपत्यकामा मेडिकल टिमसहितको एम्बुलेन्स चलाउने भएको छ। सरकारले ‘डोर-टु-डोर सर्भिस’ भन्ने नारासहित उक्त एम्बुलेन्सलाई उपत्यकाका तीन जिल्लामा कुदाउने भएको हो। उक्त एम्बुलेन्सले आफन्त नभएका, आफन्त कन्ट्याक ट्रेसिमा परेका र आफन्त आइसोलेसनमा भएकालाई सेवा दिने सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।

काठमाडौं उपत्यकामा अब २४ सै घण्टा निःशुल्क एम्बुलेन्स

काठमाडौं। काठमाडौं उपत्यकामा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सञ्चालनमा आएको छ। विभिन्न सामाजिक अभियान्ताहरूको पहलमा कोभिड-१९ संक्रमितलाई बोक्नेगरी एम्बुलेन्स सञ्चालनमा आएको हो। यसका लागि ॐ डेन्टल अस्पताल, पूर्वआईजीपी सर्वेन्द्र खनाल, हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, पाइलट विजय लामा, अभिनेता निखिल उप्रेतीलगायतले सहयोग गरेका छन्। एम्बुलेन्सका लागि ९८५१२७७३४२, ९८५१२३९४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिनेछ।

काठमाडौं उपत्यकामा अब २४ सै घण्टा निःशुल्क एम्बुलेन्स

काठमाडौं। काठमाडौं उपत्यकामा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सञ्चालनमा आएको छ। विभिन्न सामाजिक अभियान्ताहरूको पहलमा कोभिड-१९ संक्रमितलाई बोक्नेगरी एम्बुलेन्स सञ्चालनमा आएको हो। यसका लागि ॐ डेन्टल अस्पताल, पूर्वआईजीपी सर्वेन्द्र खनाल, हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, पाइलट विजय लामा, अभिनेता निखिल उप्रेतीलगायतले सहयोग गरेका छन्। एम्बुलेन्सका लागि ९८५१२७७३४२, ९८५१२३९४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिनेछ।