काठमाडौं : सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ।मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गरेको हो।कोभिड-१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने एक मन्त्रीले जानकारी दिए। यस्तै सरकारले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ।बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि