काठमाडौँ – चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ। विश्व मधुमेह दिवसको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताए। वीर अस्पतालका इन्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भने, ‘मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन। खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक सावित हुन […]