चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका हुन् । वीर अस्पतालका इण्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भन्नुभयो, “मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन । खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक …