नेपालको सत्ता राजनीतिमा एकै व्यक्ति कैयौंपटक प्रधानमन्त्री, मन्त्री भैरहने, नयाँ काम केही नहुने, खाली पद मात्र ओगटेर बस्ने प्रवृत्तिको अन्त्यका लागि संविधानमै व्यवस्था गर्न माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्व मन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीले ५८ वर्ष पुगेपछि अवकाश पाउने तर नेताहरु बाँचुन्जेल चुनाव लड्न पाउने व्यवस्था अन्त्य …