सरकारले तीनै तहकाे चुनाव समयमै गर्छ : प्रवक्ता कार्की

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको चुनाव गर्ने बताउनुभएको छ ।  नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र सङ्घको चुनाव हुने प्रष्ट पार्नुभएकाे हो । आज बुधवार मन्त्रिपरिषद्का् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संविधानमा व्यवस्था भएअनुसार सबै तहको चुनाव समयमै गराउन सरकारले त्यससँग बाझिएका कानुन संशोधनका लागि ...

सम्बन्धित सामग्री

मतपत्र छपाइमा अन्योल

मतपत्र छपाइमा भएको ढिलाइले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका प्रभावित भएको छ। भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्ने आन्तरिक कार्यतालिका रहेकोमा मतपत्र छपाइमा ढिलाइ हुने भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आन्तरिक तयारीमा रहेकाले तालिकालाई पछ्याउन नसक्दा समयमै मतपत्र छाप्न नसकिने भएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिह्नलाई लिएर मतपत्रको क्रम निर्धारण र डिजाइन हुन नसक्दा भदौ २० गते सोमबारबाट मतपत्र छपाइ सुरु हुन नसकेको हो।

स्रोतमा चाप परेपछि घटाएर निर्वाचन बजेट सुनिश्चित

काठमाडौं । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारले स्रोत जोहो गर्न चर्को दबाब परेपछि निर्वाचनका लागि माग भएको बजेट घटाएर सुनिश्चित गरिदिएको छ । चुनावका लागि दातृ निकायहरूबाट समेत अपेक्षाअनुरूप आर्थिक सहयोग आउन नसक्ने देखिएपछि सरकारले चुनावी बजेट विनियोजन गर्दा निर्वाचन आयोगले मागेको भन्दा कम बजेट दिएको हो । बजेट सुनिश्चित नभए समयमै चुनाव गर्न कठिन पर्ने निर्वाचन आयोगले चेतावनी दिएपछि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई माग गरेको भन्दा कम स्रोतको सुनिश्चितता गरिदिएको हो । आयोगका अनुसार अर्थले ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता गरेको छ । एकै चरणमा हुने चुनावका लागि उसले शुरूमा १२ अर्ब मागेको थियो । तर,  अर्थले उक्त बजेट दिन नसक्ने बताएपछि आयोगले विभिन्न शीर्षकमा हुने खर्च घटाएर अर्थसँग ८ अर्ब ९५ करोड रुपैयाँ माग गरेकोमा आयोगले ८४ करोड कम बजेट पाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अर्थले सुनिश्चित गरेको यो रकम स्थानीय चुनाव सञ्चालन एवं व्यवस्थापनमा खर्च हुनेछ । बजेट सुनिश्चितता कम हुँदा आयोगलाई व्यवस्थापन गर्न चाप पर्ने उनको बुझाइ छ, तर पनि आयोगले समयमै निर्वाचन गर्न तयारी तीव्र पारेको छ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करीब २ करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज किन्न आपूर्तिकर्ता कम्पनीसँग केही समयअघि सम्झौता गरिसकेको छ । रू. ११ करोडमा कागज किन्ने सम्झौता भएको आयोगका अधिकारीहरू बताउँछन् । स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीतिक दलको विवरणका आधारमा उम्मेदवार संख्या आकलन गरी कति प्रकारका मतपत्र छपाउने भन्ने विषय टुंगोमा पुग्न भने बाँकी नै छ । छिट्टै यकिन गरी मतपत्र छपाइको काम अघि बढाउने आयोगको तयारी छ । गृह मन्त्रालयले समेत चुनावी खर्च अर्थ मन्त्रालयसँग माग गरिसकेको छ । तर, अर्थ मन्त्रालयले स्रोतको सुनिश्चितता भने अझ गरिदिएको छैन । निर्वाचनका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग प्रारम्भिक चरणमा १६ अर्ब रकम माग गरेको छ । नेपाल प्रहरीले मात्र १२ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै गृह मन्त्रालयलाई विवरण पठाएको थियो । नेपाल प्रहरीले विगतका निर्वाचनमा जस्तो ११ हजार मतदान केन्द्र राख्ने, १ लाख १८ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने भन्दै उक्त रकम माग गरेको थियो । साथै सशस्त्र प्रहरीले ५० करोड रुपैयाँ माग गरेको थियो । गृह मन्त्रालयका अनुसार बजेट सुनिश्चित गर्न यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइए पनि अझै कुनै जवाफ आएको छैन । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार अर्थले बजेटको सुनिश्चितता नगर्दा म्यादीको संख्याका विषयमा निर्णय हुने सकेको छैन ।

सत्ता गठबन्धन जेठमा स्थानीय चुनावका लागि तयार, सरकारले आउँदो हप्ता निर्णय लिने

काठमाडौं, १५ माघ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो सुझाव दिएको सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा आफैले संविधान अनुसार समयमै चुनाव गर्ने प्रस्ताव राखेका थिए । उनले स्थानीय चुनाव भएपनि गर्नुपर्ने […]

संविधान अनुसार तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान अनुसार तीनै  तहको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय, प्रदेश र संघको चुनाव संविधान अनुसार समयमै हुने बताए। ‘सरकार संविधानको भावना अनुसार मुलुकलाई अघि बढाउन प्रतिवद्ध छ’, उनले भने, संविधान र कानुनमा केही द्विविधा देखिएको छ, त्यसलाई मिलाएर जाने विषयमा छ

वैशाखमै हुन्छ स्थानीय तहको चुनाव? सञ्चारमन्त्रीले दिएनन् स्पष्ट जवाफ

काठमाडौं : चौतर्फी दबाब भए पनि सरकारले स्थानीय तहको चुनाव बैशाखमा नगर्ने संकेत गरेको छ। मंगलबार बसेको सरकार सञ्चालन समन्वय समितिको बैठकमा समयमै चुनाव गर्न गठबन्धन दलहरू सहमत भएको भनिए पनि समय तोकिएको छैन। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको चुनाव गर्ने विषयमा बैठकमा छलफल भएको बताए। त्यसो भए बैशाखमै चुनाव हुन्छ त? भन्ने पत्रकारको प्रश्नमा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘संविधानले तोकेको समय

सत्तारुढ गठबन्धन वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत

काठमाण्डाै - सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत भएका छन्। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरुले संविधानअनुसार समयमै चुनाव गर्नुपर्नेमा सहमति जनाएका हुन् । तर यस विषयमा थप गृहकार्य आवश्यक भएको भन्दै फेरि बैठक बस्ने भएको छ । थप छलफल गरेर पर्सि बिहीवार फेरि बैठक बस्ने तयारी गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै, बैठकमा कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका विषयमा समेत छलफल भएको छ । बैठकमा प्र...

स्थानीय तह चुनावबारे दलहरूसँग के भन्यो आयोगले ? (भिडिओ)

काठमाडौं । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलका नेताहरूलाई ब्रिफिङ गरेका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार थपलियाले बैठकमा स्थानीय तहको विकल्प नभएको र समयमै चुनाव गराउनुपर्ने धारणा राखेका थिए । त्यस्तै निर्वाचन गर्न १ सय २० दिन […]

वैशाखको चुनावका लागि आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्छ : प्रवक्ता गुरुङ

वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि कुनै कानूनी अवरोध नभएकोले निर्वाचन आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्ने सरकारले बताएको छ ।सोमवार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले आयोगले तोकिएको समयमै चुनाव सम्पन्न गर्ने...