रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ । रुसले कब्जा गरेका बस्तीहरु फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् । “पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा शत्रुद्वारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले भने । युक्रेनका सेनाले ती बस्तीहरु फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन् । देशको द