काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाउनुभएको छ । महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटले देशमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताउनुभएको हो ।
सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रह...