प्रदेश चाहिँदैन भनेर बहस चलाउनु गलत : शंकर पाेखरेल

काठमाण्डौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताउनुभएको छ ।  आज सोमवार काठमाण्डौमा आयोजित नगरपालिका सङ्घको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताउनुभएको हो । उहाँले कहीँ पनि प्रदेशविनाको शासन नभएको भन्दै सङ्घीयतामा प्रदेश झनै आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक शासन प्रणालीमा तीन तहको ढाँचा...