अहिलेको सत्ता समीकरण देश र जनताको हितमा छैन : शंकर पाेखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण देश र जनताको हितमा नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालको अर्थ व्यवस्थाले समेत अहिलेको समीकरणलाई नरुचाएको बताउनुभयो । सकारात्मक दिशातर्फ अगाडि बढिरहेको सत्ता नाटकीय रुपमा पुरानै समीकरणतर्फ फर्किने खेल भएको आरोप लगाउनुभयो । […]