कैलाली – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयाेग एमसीसीबारेकाे व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताउनुभएकाे छ । प्रेस चौतारी कैलालीले आज बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरेकाे बताउनुभएकाे हाे ।
‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सिर्जना सृजना गरिएको छ’, उहाँले भन्नुभयाे, &...