कास्की : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्।महासचिव पोखरेलले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल सत्तारुढ गठबन्धनले निम्त्याएको आरोप लगाएका हुन्।आईतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाधीनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जन आकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारद्वारा सम्भव नभएको जिकिर