काठमाडौं : सरकारले कोरोनाका नयाँ भेरिएन्टको संक्रमण मध्यनजर गर्दै पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन तयारी गरिरहेको छ।विश्वभरि फैलिइरहेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि फैलन सक्ने सम्भावना ध्यानमा राखि खोप अभियान तीव्र पार्नेदेखि जिन सिक्वेन्सिङ तथा सचेतना कार्यक्रमलाई सरकाले प्राथमिकता दिइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टबारे पत्ता लागेका तथ्यहरूको जानकारी विभिन्न माध्यमबाट सर्वसाधारणसमक्ष पुर्याइरहेको जनाएको छ। &nbs