काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित संक्रमण फैलन नदिन तयारी गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन्। पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएकोमध्ये २४ जनामा ओमिक्रोन पुष्टि भएपछि तयारी तीव्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारहरूको दाबी छ।मन्त्रालयले गत शुक्रबार ओमिक्रोन संक्रमितको संख्या सार्वजनिक गर्दै ओमिक्रोन समुदाय स्तरमा पुगिसकेको संकेत गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सम्भावित खतरालाई रोक्न र पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन गृहकार्य गरिरहेको स्वास्थ्य