महिलाले ताने रातो मछिन्द्रनाथ र मीननाथको रथ :: Pahilopost.com

ललितपुर:  रातो मछिन्द्रनाथ र मीननाथको रथलाई आज महिलाहरुले तानेका छन्। महिलाहरुले रथ तान्नुलाई 'याक मिसा भुज्या' भन्ने गरिन्छ। थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटो सम्म पुर्‍याएका हुन्। अरु समय पुरुषले मात्र तान्ने रथलाई नरिवल खसाल्ने जात्रा सम्पन्न भएको भोलीपल्ट महिलाहरुले मात्रै तान्ने गर्छन्। रथ इति टोल पुगेपछि साइत

सम्बन्धित सामग्री

यसरी तयार हुँदैछ रातो मछिन्द्रनाथ रथ

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)को जात्राका लागि रथ निर्माण कार्य भइरहेको छ। नेपालकै सबैभन्दा लामो रथयात्राका लागि ललितपुरका बाराही समुदाय हाल रथ बनाउन व्यस्त छन्। रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि पुल्चोकमा रथ निर्माण कार्य सुरु भएको हो। सुरुमा रथका पांग्राहरु राखेर दुई ठूला काठहरुलाई राखिएको…

राष्ट्रपति भण्डारी भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै

काठमाडौँ – रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन्। रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथोँ दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी जावालखेल जान लागेकी हुन्। लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राजा (राष्ट्राध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ। […]

दुई वर्षपछि जावलाखेल पुगे रातो मछिन्द्रनाथ, दृश्यमा रथयात्राको उल्लास

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको ‘रछ्यान कामना पीठ’को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ। रातो मछिन्द्रनाथको रथसँगै मीननाथको…

रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल

ललितपुरः रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ। लगनखेल पुर्‍याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थतिटोल पुर्‍याइएको थियो। बिहीबार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका हुन्। नरिवल खसाल्नु पूर्व थकालीले चारैतिरै यस्मरी खसालेका थिए। यसरी फालिएको यस्मरी पाउने व्यक्तिलाई सुख लाभ हुने…

दुई वर्षपछि पुल्चोकबाट अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल पुर्‍याइएको छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। भोलि गाबहालमा भुजा जात्रा (मुख्य…

त:बहाबाट पुल्चोक पुगे रातो मछिन्द्रनाथ, दुई वर्षपछि बुंगद्य:को रथयात्रा हुँदै

ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) लाई आइतवार रथारोहण गराइएको छ। पाटनको त: बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो। गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण रातो मछिन्द्रनाथको रथयात्रा भएको थिएन। पुल्चोकबाट नजिकैको पाटीसम्म तानेर नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै…

गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

ललितपुर : बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सम्पन्न भएको छ। कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा पुल्चोकमा रथ बनाइएको स्थानबाट करिब २५ मिटर पर रहेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) सम्म आज रथ तानेर रथयात्रा सम्पन्न गरिएको हो। रथ तान्ने कि नतान्ने भन्ने विवाद रहँदा सरोकारवालाहरुको बैठकले गत वर्ष झै एकैदिनमा…