दुई वर्षपछि पुल्चोकबाट अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल पुर्‍याइएको छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। भोलि गाबहालमा भुजा जात्रा (मुख्य…