ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) लाई आइतवार रथारोहण गराइएको छ।
पाटनको त: बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो।
गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण रातो मछिन्द्रनाथको रथयात्रा भएको थिएन। पुल्चोकबाट नजिकैको पाटीसम्म तानेर नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै…