दाङ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि करिब ४० अर्ब बजेट विनियोजन गरेको छ।प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। जसमा चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट रहेको छ।त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट रहेको छ। जुन चालू तर्फ ३३.६८ प्रतिशत, पुँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत छ। आगामी वर