लुम्बिनी विकास कोषको बजेट ६७ करोड

लुम्बिनी विकास कोषले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ६७ करोड ३ लाखको बजेट सार्वजनिक गरेको छ । जस अनुसार लुम्बिनी गुरुयोजना कार्यान्वयनको लागि संघीय सरकारबाट प्राप्त अनुदान ४५ करोड रहेको छ । आन्तरिकतर्फ २३ करोड ३ लाख रुपैयाँ विनियोजन भएको छ । कोषको परिषद बैठकमा कोषाध्यक्ष ढुण्डीराज भट्टराईले वार्षिक बजेट प्रस्तुत गरेका हुन् । […]