शिक्षक महासंघले भोलि बालुवाटारमा धर्ना दिने

काठमाडौं। नेपाल शिक्षक महासंघले भोलि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ। ३४ सूत्रीय माग राखी २० वैशाख देखि आन्दोलनरत महासंघले बिहान १०देखि १ बजेसम्म प्रधानमन्त्री निवासमा धर्ना दिन लागेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि महासंघले माइतीघरमा अनशनका साथै स्थानीय तह प्रमुख, जिल्लाका शिक्षा इकाई प्रमुख, प्रदेशका मुख्यमन्त्री कार्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएको थियो।

सम्बन्धित सामग्री

सामाजिक विकास मन्त्रालयमा शिक्षकको धर्ना

पोखरा – गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा शिक्षकले धर्ना दिएका छन्। बिहीबार दिउँसो नेपाल शिक्षक महासंघ गण्डकी प्रदेशको अगुवाइमा शिक्षकले मन्त्रालयमा धर्ना दिएका हुन्। मन्त्रिपरिषद्बाट पास भएको प्रस्तावित शिक्षा ऐनमा विगतमा शिक्षकसँग गरिएका सम्झौता समेटिनुपर्ने मागसहित शिक्षक महासंघ निरन्तर आन्दोलनमा छ। आइतबार देशभरका स्थानीय तहमा धर्ना दिएका शिक्षकले मंगलबार शिक्षा विकास तथा समन्वय […]

शिक्षक–प्रहरी झडप : १२ जना घाइते

लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै  कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको आरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए ।घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपच

शिक्षक महासंघले बालुवाटारमा धर्ना दिँदै

काठमाडौं। नेपाल शिक्षक महासंघले भोलि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिँदैछ। ३४ सुत्रीय माग राखी वैशाख २० गते देखि आन्दोलनरत महासंघले अहिले बिहान १० बजेदेखि १ बजेसम्म प्रधानमन्त्री निवासमा धर्ना दिन लागेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए। करिब एक हजार शिक्षक कर्मचारीहरुले टंगाल मावि टंगालमा भेलाभई नारावाजीसहित बालुवाटार पुगेर धर्ना दिन लागिएको उनले जानकारी दिए।

विभिन्न मागसहित नेपाल शिक्षक महासंघको विभागमा धर्ना

काठमाडौं : विभिन्न मागसहित नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ।७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन्। विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन्।देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगायतका

विभिन्न मागसहित नेपाल शिक्षक महासंघको विभागमा धर्ना

नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ ।७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन् । विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन् । देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगायतका माग राख्दै उनीहरुले विभागमा

माइतीघरमा नेपाल शिक्षक महासंघको तीन घन्टा धर्ना

८ असार, काठमाडौं । आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् । प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने […]

शुक्रवार शिक्षक महासंघले माइतीघरमा धर्ना दिने

काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदो शुक्रवार माइतीघर मण्डलामा तीन घण्टे धर्ना दिने भएको छ। पूर्वघोषित कार्यक्रमअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका दुई सय शिक्षकहरूले माइतीघरमा धर्ना दिने महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। माइतीघर मण्डलामा कार्यक्रमको तयारीका लागि आवश्यक छलफल गर्न सोमबार आन्दोलन परिचालन समितिको बैठक डाँकिएको छ। महासंघले असार १० गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।

प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक महासंघको धर्ना

काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार ६ वटा प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएको छ। असार १० गते घोषित कार्यक्रमअनुसार कर्णालीमा सार्वजनिक बिदा भएकोले साउन ३ मा गर्ने गरी बाँकीमा धर्ना बसेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि पालिकास्तरमा आन्दोलन सम्पन्न गरेको महासंघले प्रदेश हुँदै अब साउन ८ देखि संघीयस्तरमा आन्दोलन केन्द्रित गर्ने महासचिव सुवेदीले जानकारी दिए।

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षकको धर्ना

हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्र

कोभिडविरुद्धको खोप लगाउन पाउनुपर्ने भन्दै धर्ना बसे शिक्षक

अर्घाखाँची : नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्।  जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा  बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिएका हुन्।कोरोना माहामारीका बेला शिक्षक र विद्यार्थीहरूलाई स्कुल सञ्‍चालन हुनुभन्दा अगाडि कोभिडविरुद्दको खोप लगाउनुपर्ने, राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, बालविकास शिक्षिक