प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि शिक्षक महासंघको धर्ना

काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार ६ वटा प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएको छ। असार १० गते घोषित कार्यक्रमअनुसार कर्णालीमा सार्वजनिक बिदा भएकोले साउन ३ मा गर्ने गरी बाँकीमा धर्ना बसेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। यसअघि पालिकास्तरमा आन्दोलन सम्पन्न गरेको महासंघले प्रदेश हुँदै अब साउन ८ देखि संघीयस्तरमा आन्दोलन केन्द्रित गर्ने महासचिव सुवेदीले जानकारी दिए।

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय अगाडि शिक्षकको धर्ना

हेटौंडा : विभिन्न ३४ बुँदे माग राख्दै शिक्षकहरुले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको सात वटै प्रदेशमा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका हुन्।बागमती प्रदेश शिक्षक महासंघ आन्दोलन परिचालन समितिका सह–संयोजक दिपकलाल खतिवडाको नेतृत्वमा प्रदेश, जिल्ला, स्थानीय तहका करिब ६० जना शिक्षकहरूले एक घण्टा धर्ना दिएका थिए।गुणस्तरीय शिक्षाको लागि कुल बजेटको २० प्र