कोभिडविरुद्धको खोप लगाउन पाउनुपर्ने भन्दै धर्ना बसे शिक्षक

अर्घाखाँची : नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्।  जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा  बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिएका हुन्।कोरोना माहामारीका बेला शिक्षक र विद्यार्थीहरूलाई स्कुल सञ्‍चालन हुनुभन्दा अगाडि कोभिडविरुद्दको खोप लगाउनुपर्ने, राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, बालविकास शिक्षिक

सम्बन्धित सामग्री

टेनिस त्याग्न तयार छु तर कोभिड खोप लगाउँदिन : नोभाक जोकोभिक

३ फागुन, काठमाडौं । स्टार टेनिस खेलाडी नोभाक जोकोभिकले कोभिडविरुद्धको खोप नलगाउने बताएका छन् । खोप लगाउन बाध्य पारिए आफूले आगामी दिनमा हुने टेनिस प्रतियोगिता त्याग्न तयार रहेको पनि उनको भनाइ थियो । बीबीसीसँग कुरा गर्दै जोकोभिकले आफूलाई कोभिड खोप लगाउन बाध्‍य पारिए भावी टेनिस प्रतियोगिता त्याग्न तयार रहेको बताएका हुन् । ‘हो, म त्‍यो […]

कोभिडविरुद्धको खोप लगाउन यसरी बोकेर लगिन महिला स्वास्थ्य स्वयंसेविकाले

गुल्मी– नेपालमा अहिले कोभिडविरुद्धो खोप अभियान चलिरहेको छ । स्थानीयस्तरमा खोप लगाउने अभियान चलिरहँदा महिला स्वास्थ्य स्वयंसेविकाले खोपको परामर्शसहित स्वमंसेवामात्र गरिरहेका छैनन् । असक्त र खोपकेन्द्रसम्म जान नसक्नेलाई आफैँले बोकेर खोप लगाउन लैजाने गरेका छन् । यो तस्वीर पनि एक महिला स्वयंसेविकाले खोप लगाउन एक असक्त वृद्धालाई खोपकेन्द्र लैजाँदै गरेको हो । गुल्मीको गुल्मीदरबार गाउँपालिका […]

काठमाडौंमा ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप

काठमाडौं । कोभिड-१९को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो । काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप […] The post काठमाडौंमा ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजी मेडिकल कलेज र अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने

काठमाडौं : अबदेखि निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने भएका छन्।सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरूले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप कार्यक्रम सुरु गर्न सक्ने ज

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो म

काठमाडौंमा चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ। दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको हो। तीन दिनसम्म चल्ने खोप...

रुपन्देहीका कोभिडविरुद्धको खोप लगाउने विषयमा विवाद, ४ ठाउँमा रोकियो

कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित  भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो । खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएप

दराजका फ्रन्टलाइन कर्मचारीले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं। दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना सबै फ्रन्टलाइन कर्मचारीलाई कोभिड-१९ खोप लगाउन सुरु गरेको छ। अलिबाबा समूहको स्वामित्व रहेको दराजले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गरेको हो। दराजले नेपालका ६०० कर्मचारीमध्ये डेलिभरी गर्ने कर्मचारीलाई खोप लगाउने बताएको छ। कम्पनीले गत २ हप्ताको अवधिमा विभिन्न सहरबाट कर्मचारीलाई काठमाडौं ल्याएर खोप लगाइ फिर्ता पठाइसकेको छ।