लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको आरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए ।घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपच