सरकारले हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो उद्योग सञ्चालन गर्ने भन्दै नीति तथा कार्यक्रममा समेटेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ती तीन उद्योग पूर्ण सञ्चालनको सम्भावना रहेको बताए ।