काठमाडौं : निर्वाचन आयोगले भोलि (शुक्रबार)हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा मोबाइल,क्यामेरा,लाइटर,हातहतियार लैजान रोक लगाएको छ। बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नमुना पत्र,उम्मेदवारको संकेत हुने केही चिन्ह पनि लान नमिल्ने जानकारी दिए।उनका अनुसार मतदान केन्द्रमा मादक पदार्थ सेवन गरेको व्यक्ति पनि प्रवेश गर्न पाइने छैन। त्यस्तै,आयोगले भोलि सबैको मताधिकार सुनिश्चित गर्न बैंकलगायत सबै निजी संस्थाहरुलाई बिदा दिन आग्रह ग