मदिरा सेवनगरी मतदान अधिकृत तथा गाउँलेलाई प्रहरीले कुटपिट गरेपछि...

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तानिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको हो ।बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको बताइएको छ । मतदान अधिकृत झाले आफ

सम्बन्धित सामग्री

झापामा एक मतदान अधिकृत कारबाहीमा, मापसेको आरोपपछि सहायक मतदान अधिकृत अस्पतालमा

काठमाडौँ । झापामा एक मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ स्थित पाणिनी मावि मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्रकर्ण कारबाहीमा परेको जिल्ला निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए । कर्णले एकपक्षीय गरेको आरोप लागेपछि उनको स्थानमा गए राति नै अर्का मतदान अधिकृत खटाइएको उनले बताए । यस्तै, मादक पदार्थ सेवन गरेको […]

सर्लाहीमा मतदान अधिकृत पक्राउ

सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु  गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ परेका मतदान अधिकृत साहलाई

घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर

काठमाडौं : झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ। सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो।ढुंगामुढाबाट मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी कला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् । घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए।मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि

हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि  हेटौँडाको दुई केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौँडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई केन्द्रमा महिला मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माका अनुसार वडा नं २ स्थित सिद्धार्थ मावि (घ)को मतदान केन्द्रमा मतदान अधिकृत विष्णुकुमारी लामिछाने र सहायक अधिृकत कृष्णकुमारी खरेल रहनुभएको छ । वडा नं १२ स्थित महेन्द्र मावि पदमपोखरी (घ) को मतदान केन्द्रमा मतदान अधिकृत शान्तिमाय

धनगढीका मतदान अधिकृत भट्ट घाइते

धनगढी । धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् । भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भट्टलाई थप उपचारका लागि […] The post धनगढीका मतदान अधिकृत भट्ट घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोटरसाइकल दुर्घटनामा धनगढीका मतदान अधिकृत भट्ट घाइते

धनगढीका मतदान अधिकृत दिजराज भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन् ।

३७९ केन्द्रमध्ये४७ मा महिला मतदान अधिकृत

मतदान अधिकृतका लागि अधिकृतस्तरको कर्मचारी हुनुपर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार जिल्लाका तीन सय ७९ मतदान केन्दमध्ये ४७ वटामा महिला मतदान अधिकृत तोकिएको छ। जुन कुल मतदान अधिकृत संख्याको १२ प्रतिशत हो।...

पाल्पामा मतपत्रसहित खटिए मतदान अधिकृत

पाल्पा । स्थानीयतह निर्वाचनका लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाबाट मतदानका लागि चाहिने आवश्यक सामाग्री, मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनबाट मतपत्र बोकेर मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा खटिएका हुन् । गाउँगाउँमा पुगेका मतदान अधिकृत सहितको कर्मचारीहरुले मंगलबारदेखि मतदानस्थमा घेराबार गर्ने, […]

ताप्लेजुङका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले यहाँका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गराएको छ।...

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

रुकुम – वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि रुकुमपूर्वमा तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ वटा मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिलम दिइएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । तालिम बिहीबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी […]