डिल्लीबजारको सफ्टवारिका कलेजमा तोडफोड

काठमाडौंको डिल्लीबजार स्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ । आज बिहान ६ बजे सो कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो ।मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् । बन्दको दिन तोडफोड भएकोले बन्दकर्ताले तोडफोड गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ । 

सम्बन्धित सामग्री

डिल्लीबजारको सफ्टवारिका कलेज अज्ञात समूहद्वारा तोडफोड

काठमाडौँ । काठमाडौँको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। बिहान ६ बजे कलेज तोडफोड भएको हो। मोटरसाइकलमा आएका ४ जना अज्ञात समूहले कलेजको अगाडिपट्टि रहेको सिसामा ढुङ्गा हानेको कलेजले बताएको छ। कलेजको सिसी क्यामेरा बाहिर नभएको र सुरक्षा गार्डले पनि नदेखेकोले कसले तोडफोड गर्‍यो थाहा नभएको कलेजले जनाएको छ । तोडफोडबाट त्यस्तो धेरै क्षति नभएको […]

डिल्लीबजारको सफ्टवारिका कलेज तोडफोड

काठमाडौंको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। कलेज प्रसाशनका अनुसार बिहान ६ बजे कलेज तोडफोड भएको हाे।...

काठमाडाैंकाे विभिन्न ठाउँमा गाडी ताेडफाेड, १६ जना पक्राउ

काठमाडौं । काठमाडौंमा बन्द गराउँदै हिँडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । बन्दकर्ताले कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी तोडफोड गरेका छन् । यस्तै डिल्लीबजारको सफ्टवारिका कलेज पनि तोडफोड भएको तोडफोड भएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । […]