अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ ।“विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु”, प्रधानाध्यापक बोहराले भने, “म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको