किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि डोटी पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।
मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट खरिद गरी ल्याइएका उक्त यन्त्र गाउँपालिकाका सात वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले वडाको जिम्माम...