डोटी – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।
किसानकाे मकै बाली बाँदरले नोक्सान गर्न थालेपछि किसानहरूको आग्रहमा साइन नेपाल नामक संस्थाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौबाट खरिद गरेर गाउँपालिकाको सातवटा वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।
यस यन्त्रलाई बोलीचालीको भाषामा बाँदर धपाउने बन्दुक पनि भन्ने गरिएको छ । पड्...