रौतहट : रौतहट क्षेत्र नं ४ को संघीय संसदमा त्रिपक्षीय भिडन्त हुने भएको छ। सत्ता गठबन्धनका तर्फबाट संघिय संसदमा पुर्व संसद देव प्रसाद तिमल्सिना मैदानमा छन्। नेकपा एमाले जसपा गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी मैदानमा छन्।यो क्षेत्रमा नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका अजय कुमार साहले स्वतन्त्र उम्मेदवारी दिएर प्रचार थालेपछि रौतहट क्षेत्र नं–४ मा त्रिपक्षीय भिडन्त हुने भएको हो।यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) र (ख) मा पनि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको देखिएको छ।प्रद