कांग्रेस र राप्रपाले रचे भद्रपुरमा इतिहास

झापा : भद्रपुर नगरपालिकाको प्रमुख पदमा जितेर नेपाली कांग्रेसले इतिहास कोर्न सफल भएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग चुनावी गठबन्धन गरेर कांग्रेसले यसपटकको स्थानीय तह सदस्य निर्वाचनमा इतिहास रच्न सफल भएको हो।कांग्रेसले भद्रपुरको मेयरसहित चार वडा अध्यक्ष र आठ सदस्य जितेको छ।मेयरमा कांग्रेसका युवा नेता गणेश पोखरेल निर्वाचित भएका छन्। पोखरेलले नेकपा (एमाले)का युवा नेता असारु राजवंशी र राप्रपाका युवा नेता नवराज पनेरुलाई पराजित गर्दै भद्रपुरमा कांग्रेसको इतिहास कोराउन सफल