'अब नयाँ भनिएका कतिपयका इतिहास विभाजित होलान् । सबैभन्दा इन्ट्रेस्टिङ के हो भने खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी त यत्ति र्यापिड स्पिडमा बनेको छ कि म कहिलेकाहीं सोच्छु उहाँहरूको त एक ठाउँमा आएर राजनीतिक भिजन छैन । कतिपय पहिला विवेकशील आन्दोलनमा भएकाहरू हुनुहुन्छ होला कतिपय भर्खरै नयाँहरू हुनुहुन्छ होला । त्यहाँभित्र पनि एकदमै विविधता हुन सक्ला जुन राम्रो हो ।'