पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति र अर्जुन पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । भदौ २४ र २५ मा हुने ३४ औं महाधिवेशनका लागि प्रजापति र पोखरेलले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रजापति हाल संघका वरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल वाणिज्यतर्फका उपाध्यक्ष हुन् ।