निष्ठाको राजनीतिमाथि हाबी भएका धनाढ्य मन्त्री

८ साउन, पोखरा । उद्योग वाणिज्य संघ, पोखराको अध्यक्षबाट २०७३ सालमा बिदा भएपछि व्यवसायी बिन्दुकुमार थापाले एउटा अनौपचारिक कार्यक्रममा भनेका थिए, ‘व्यापार भन्दै धेरै कुदियो । अब राजनीतितिर लाग्ने हो ।’ नेपाल राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट व्यापारबाट धनाढ्यको परिचय बनाइसकेका थिए । २०७१ सालमा संघको अध्यक्ष हुनुअघि नै उनमा राजनीतिको […]

सम्बन्धित सामग्री

अतिक्रमित जग्गाको संरक्षण (सम्पादकीय)

सरकारी, सार्वजनिक तथा गुठीको जमिन संरक्षण गर्नु नेपालमा ठूलै चुनौती बन्दै गएको छ । खाली जमिन देखेपछि महादेवका तीन नेत्र भनेझैँ चौतर्फी अतिक्रमण हुने गरेका अनगिन्ती उदाहरण छन् । सहर होस् वा गाउँ जताततै अतिक्रमणको प्रवृत्ति विद्यमान छ । पुर्खाले बनाएका पाटीपौवा, गौचरण, गुठी, पानी पधेँरो, राजकुलो, पोखरी आदिको अतिक्रमण लामै समय मौलायो । सत्ताको नजिक हुनेहरूले नै राज्यको सम्पत्तिमा आँखा गाड्ने गरिएका अनेक समाचार पनि विगतमा सार्वजनिक हुँदै आएका छन् । देवीभागवतमा कलियुगको वर्णन गर्दै राज्य र सार्वजनिक सम्पत्तिमा ¥याल चुहाएर मानिसले आफ्नो भकारी भर्ने प्रवृत्ति हाबी हुन्छ भनिएको छ । नभन्दै नेपालमा राज्यको सम्पत्ति हत्याउने प्रवृत्ति इतिहासमा लामै समयदेखि चल्दै आएको अनेक दृष्टान्तले दिक्क बनाउने गरेको छ । ऐतिहासिककालदेखि नै राज्यको सम्पत्तिलाई कुनै न कुनैरूपमा निजी बनाई धनी बन्ने परम्पराले राणाकालमा उचाइ लिएको थियो । राणाकालमा राज्यको जमिन आफू र मन परेको व्यक्तिलाई विर्ता दिइन्थ्यो । दश नङ्ग्रा खियाएर काम गर्ने भूमि पुत्रपुत्रीलाई राणाकालमा रैती दुनियाँको दर्जामा राखेर सम्पत्तिविहीन बनाइन्थ्यो । अलिकति विर्ता पाएपछि वरपरको जमिन सबै मेरो भन्ने प्रवृत्ति थियो । विर्ता दिएको भन्दा बढी जमिन हडपेर धनी बन्ने प्रवृत्ति कम थिएन । राणकालपछिका राजाहरूले पनि मन परेकालाई जमिन दिएर आफ्नो बनाउने परम्परालाई बिराम लगाउन सकेनन् । ऐतिहासिक कालखण्डलाई विश्लेषण गर्ने हो भने त्यस्ता विर्ता पाएका, विर्ताका नाममा राज्यको जमिनमा हालीमुहाली गरेकाहरू नै धनाढ्य वर्ग भएर उदाएको देख्न सकिन्छ । त्यसक्रममा राज्य र सत्ताको आडमा सरकारी, सार्वजनिक र गुठी जमिनलाई आफ्नो बनाउन सक्ने तथा उनीहरूका परिवार, सन्तान दरसन्तानले नै सुखभोग गरिरहेको समेत पाउन सकिन्छ ।