एजेन्सी। म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस राशफोर्डले युवाहरुले समाजमा कसरी प्रभाव पार्न सक्छन् भन्ने विषयमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामासँग कुरा गरेका छन्। २३ वर्षे राशफोर्डले गत वर्ष कोभिड–१९ महामारीमा बाल खाद्य अभाव हटाउने अभियानको नेतृत्व गरेका थिए। उनले अभावमा रहेका बालबालिकाका लागि ‘बुक क्लब’ स्थापना गर्ने तयारी गरेका छन्। दुई जनाबीच भिडियो कन्फेरेन्समार्फत कुरा अनुभव आदानप्रदान भएको थियो।