जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।