सडकबाट उध्दार गरिएकाहरू घर फर्काइदिने पिरले ठेगाना बताउँदैनन्

सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ । उद्धार गरिएकाहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरु पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् ।

सम्बन्धित सामग्री

सिँचाइ आयोजनाले स्थानीयको उठीबास

रूपन्देहीको देवदह–३ वसन्तपुरकी ४० वर्षीया कुमारी मुसहरलाई रातभर निद्रा पर्दैन । बिहान उठ्दा कुटिरा बोकेर कता जानुपर्ने हो भन्ने पिरले जाग्रामै बस्छिन् । तीन वर्षअघि आफ्नै घर थियो । ४ छोरी र १ छोरासहितको परिवार खुसी थिए ।

सिँचाइ आयोजनाले स्थानीयको उठीबास

रूपन्देहीको देवदह–३ वसन्तपुरकी ४० वर्षीया कुमारी मुसहरलाई रातभर निद्रा पर्दैन । बिहान उठ्दा कुटिरा बोकेर कता जानुपर्ने हो भन्ने पिरले जाग्रामै बस्छिन् । तीन वर्षअघि आफ्नै घर थियो । ४ छोरी र १ छोरासहितको परिवार खुसी थिए ।

पाँच टुहुरा भाईबहिनीको सहारा बनेकी मुगा

कर्णाली राजमार्ग अन्र्तगत खाँडाचक्र नगरपालिका वडा नं. २ मा पर्ने सडक छेउमै पुर्खाको पालामा बनेको सानो घर, त्यही घरभित्र बस्ने बालबालिकाका अनेकौं रहर। मलिन अनुहार, शरीरमा लाउने कपडाको पिर, एकछाक जोहो गर्न पिर,अनेकौं सपना पूरा गर्ने पिर। पिरै पिरले भरिएका निनाउरा अनुहार।

कैलालीका बाढी पीडितलाई खाद्यान्न अभाव

टीकापुर – कैलालीको भजनीका बाढीपीडितलाई खाद्यान्नको अभाव भएको छ। बाढीले घर डुबानमा परेपछि अन्नपात नष्ट भएका बाढीपीडितलाई यतिखेर परिवारको पेट कसरी भर्ने भन्ने पिरले सताएको छ। यही असोज १ गते आएको बाढीले भजनी नगरपालिकाका सबै वडामा क्षति भयो। बाढीले घर डुबानमा परेपछि अधिकांशका घरमा रहेका अन्नपात भिजेर नष्ट भयो। कतिपयका घर भत्किएका छन् भने कतिपयका […]

पहिरोको डरले रातभर जागै

बिहान उठ्नेबित्तिकै उनी घरभन्दा माथिको डाँडा र गत वर्ष पहिरोले पुरेको ठाउँ नियाल्छिन् । मंगलबारदेखि आकाशमा बादल मडारिन थालेको छ । ‘यसपालि पनि पहिरोले सताउने हो कि भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘घर पहिरोले पुरिएपछि भाडामा बस्दै आएकी छु ।’ बुटवल–३ ज्योतिनगरकी ६८ वर्षीया कमला पाण्डेलाई पहिरो आइहाले कता जाने होला भन्ने पिरले दिनरात सताइरहन्छ । ‘कतिबेला आउँछ र बगाउँछ भन्ने पिर छ,’ उनले भनिन्, ‘प्यारालाइसिस भएका श्रीमान्लाई बाहिर निकालेर भाग्ने अवस्था छैन ।’

शरीरका घाउको मात्र होइन मनको पीडाको पनि ख्याल गर्नु पर्ने रहेछ

कमाउने सपना बोकेर परदेशी भूमिमा पुगेकाहरू सबैले कमाउन सक्दैनन् । कतिपयलाई घर परिवार र देशै छाडेर परदेश जानुपर्दा मनको पिरले सताउँछ । विदेशमा बस्न सक्दैनन् । आफ्नै देश फर्की आउँछन् । तर आफ्नो मनको कुरा भन्न सक्दैनन् । मनको पिर मनैमा बोकेर हिँड्दा जहाँ गए पनि गाह्रो हुन्छ । यस्ताे अवस्थामा मनको गाँठो फुकाउने एक भर पर्दो माध्यम मनोपरामर्शकर्ता पनि हुन सक्छन् ।

मेरी आमा

असारको दिन लछारपछार गर्दै झमझम झरीमा पनि माली भोकाउँछे कि भन्ने पिरले राते रिसाउँछ कि भन्ने चिन्ताले बिहान सबेरै मेरी आमा बराउली र करूवा खोला तरी खेतका कान्लाहरूमा खेल्दाखेल्दै एक डोको घाँसका भारीसँगै घर पुग्छिन् ।   घरको काम भ्याएर खाली खुट्टामा कति संयमित भई उनी भुलभुले पुग्छिन् अनि पुन बराउली र करूवालाई पछाडि छोड्दै […]

बाँदरको पिरले बसाइँ सराइ

तेह्रथुम-बाक्लो बस्ती छैन । घर भए पनि केही टाढाटाढा छन् । जंगलनजिकै गाउँ छ । सुविधाको खोजीमा भएका घरवाला पनि पातलिँदै गएका छन् । भएका सबै जग्गाजमिन बाझिँदै गएका छन् ।टारीखेतदेखि फाटिला टार यतिबेला झोरझाडी जंगलझै बनेका छन् । एक्लोदोक्लो हिँड्नै डर लाग्ने जंगलको रूपमा लिन थालेका छन् । मलिला र ओसिलो ठाउँतिर उतिसका विरुवा […]

लागुऔषधको दलदलमा फस्दै पूर्वका युवा

विराटनगर : प्रदेश १ को युवा पुस्ता लागुऔषध सेवनको भासमा फस्दै गएको छ। यही कुलतमा फँसेका २० वर्षीय नवीन खड्का (नाम परिवर्तन) जिल्ला प्रहरी कार्यालय उदयपुरमा भेटिए। उनले चिउँडोमा झरेको मास्क मिलाउँदै भने, ‘साथीभाइले सिकाए, समाजले अपराधी ठहर्‍यायो।’यतिबेला भने नवीनलाई हिरासतबाट छुटेर घर फर्कँदा छरछिमेकले के भन्लान् भन्ने पिरले सताएको छ। जेठ ७ गते लागुऔषधसहित पक्राउ परेका नवीन साउन ८ गते शुक्रबार एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। तर समाजले आफू जस्ता बाटो बिराएकालाई सुध्रने मौका दिएर

अल्झिएको सम्बन्ध (कथा)

‘के हो आज त एउटै मेसेज गर्ने पनि समय भएन ? दिनभरि आमाछोरा भएर मेरै कुरा काटेर त बसेका होलाऊ नि ! अब अफिस छुट्टी हुने बेला भयो तर त्यो तिमीहरूको घरमा आउनु नै मन छैन ।’ मोबाइलमा मेसेज आउँछ कुसुमको । ‘‘आमा, म एकछिन बाहिर गएर आउँछु । छोरी कोठामा एक्लै छे । कुसुमले सोधिन् भने भर्खर भयो निक्लेको भनिदिनु ।’’ भनेर निस्किदिन्छु । बाटाभरि फूलहरूको बास्ना नाकमा पस्छन् । हरिया, पहेँला र अरू धेरै रङका फूलहरू । एकक्षण रोकिन्छु र हेर्छु । माहुरीहरू एकएक गरेर छानी छानी फूलहरूबाट रस चुस्नमा व्यस्त हुन्छन् । हावामा एक प्रकारको सुगन्ध व्याप्त छ । तर त्यसले मलाई केही असर गर्दैन । होइन म त डिप्रेसनमा गएछु पो क्या हो ? आफ्नो प्रश्न आफैँलाई अचम्म लाग्छ । अहिल्यै म डिप्रेसनमा गइहाल्नुपर्ने कारण नै छ के ? घर व्यवहारको, स्वास्नीको, बच्चाको पिरले लाछीलाई, नामर्दलाई लगार्छ । बाटोमा एउटी बौलाही भएजतिको गाली गर्दै नाङ्गै दौडिराखेकी हुन्छे । यसलाई पनि विगत लामो समयदेखि यही टोलमा यसरी नै हिँडेको देखिरहेको छु । कस्तो वितृष्णाले भरिएको साँझ ! एउटा अँध्या