टीकापुर – कैलालीको भजनीका बाढीपीडितलाई खाद्यान्नको अभाव भएको छ। बाढीले घर डुबानमा परेपछि अन्नपात नष्ट भएका बाढीपीडितलाई यतिखेर परिवारको पेट कसरी भर्ने भन्ने पिरले सताएको छ। यही असोज १ गते आएको बाढीले भजनी नगरपालिकाका सबै वडामा क्षति भयो। बाढीले घर डुबानमा परेपछि अधिकांशका घरमा रहेका अन्नपात भिजेर नष्ट भयो। कतिपयका घर भत्किएका छन् भने कतिपयका […]