काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गर्दा गुल्मीमा नेकपा एमालेलाई धक्का लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो दल भएको एमाले यसपटक तेस्रो स्थानमा झरेको छ ।जिल्लाका १२ पालिकामध्ये एमालेले दुई वटा गाउँपालिका र एउटा नगरपालिकामा नेतृत्व पाएको छ । नेपाली काँग्रेसले एउटा नगरपालिका र चार गाउँपालिकाको नेतृत्व पाएको छ भने नेकपा माओवादी केन्द्रले चार गाउँपालिकाको नेतृत्व पाएको छ ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृह पालिका रुरुक्षेत्र गाउँपालिका यसपटक एमालेले गुमाएको छ ।