कार्यसम्पादनमा गुल्मी सर्वोत्कृष्ट

गुल्मी– जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौताबमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरू कार्यसम्पादन मापकका सूचकबाट देशभरमै पहिलो बनेको जनाएको छ […]