गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएकाे आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता (सीपीएएस) मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट जिल्ला बनेको हो ।
गएकाे आर्थिक वर्षमा ९६ दशमलव ४४ अङ्क प्राप्त गरी अति उत्कृष्टसहित गुल्मीले प्रथम स्थान हासिल गरेकाे प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे । गृह मन्त्रालयले दिएको छ वटा सूचक मापनभित्र रहेका ७७ वटा उपसूचकलाई पूरा गरी गुल्मी देशभरका जिल्ला प्रशासन का...