मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १६.२७ अंकले बढ्दै नेप्से सूचक २०४५.६९ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा अडिएको थियो । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । फाइनान्स समूहको उपसूचक २.७७ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स समूहको उपसूचक १.८३ अंकले, ट्रेडिङ समूहको उपसूचक १.५९ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले र डेभलपमेन्ट बैंक १.१८ प्रतिशतले बढेको छ । यस