नेप्से परिसूचक बढ्दा पनि बैंकका लगानीकर्ताले किन गुमाए ?

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो । समग्रमा बजार उर्लिए पनि धेरै कम्पनीका सेयर […]

सम्बन्धित सामग्री

सातामै लगानीकर्ताले १ खर्बभन्दा बढी गुमाए, नेप्से परिसूचक १ हजार ९०० विन्दु तल

काठमाडौं । गत साताको कारोबारमा धितोपत्र दोस्रो बजारका लगानीकर्ताले १ खर्ब ११ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन २९ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ७२ अर्ब १० करोड रुपैयाँभन्दा बढी कायम भएको हो । गत साता धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ८२ दशमलव ३२ अंक घटेर १ हजार ८७४ दशमलव ६० विन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९५६ दशमलव ९२ विन्दुमा थियो । प्राथमिक बजारमा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहँदा दोस्रो बजारमा भने माग बढ्न नसकेको अवस्था छ । यतिबेला बैंकिङ प्रणालीमा तरलता सहज भए पनि उच्च ब्याजदर र शेयर धितोकर्जा सीमाका कारण लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जाको सीमा १२ करोड रुपैयाँदेखि बढाएर व्यक्तिगत लगानीकर्ताको हकमा १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको हकमा २० करोड रुपैयाँ कायम गरेको छ । असोज १८ गते राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै शेयर धितोकर्जाको सीमा बढाएको हो । शेयर धितोकर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ता राष्ट्र बैंकको यो व्यवस्थाबाट पनि सन्तुष्ट बन्न सकेनन् । लगानीकर्ता छोटेलाल रौनियारले बैंक तथा वित्तीय संस्थाको सर्वाधिक हिस्सा रहेको धितोपत्र बजारमा राष्ट्र बैंकको नीतिले प्रत्यक्ष असर पार्ने भएकाले पछिल्लो समय त्यसकै असर बजारमा देखिएको प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकजस्तो निकायले नीतिगत परिवर्तन गर्दा बजारको असरलाई समेत ध्यान दिनुपर्नेमा रौनियारले जोड दिएका छन् । गत साता पाँच कारोबार दिनमा एक दिन मात्र बजार बढेको छ । पहिलो कारोबार दिन ३५ दशमलव ६७ अंक, दोस्रो दिन १२ दशमलव ५८ अंक र तेस्रो दिन १९ दशमलव शून्य ६ अंकले घटेको बजार चौथो दिन भने ५ दशमलव १६ अंकले बढेको थियो । अन्तिम पाँचौं कारोबार दिन बजार २० दशमलव १६ अंकले घटेको छ । दशैं नजिकिएसँगै लगानीकर्ताले खर्च जोहो गरेकाले पनि बजारमा असर परेको ब्रोकरहरू बताउँछन् ।  गत साता पाँच कारोबार दिनमा ७ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको २ करोड ५७ लाख २१ हजार कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता पाँच कारोबार दिनमा ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको २ करोड ४३ लाख ५१ हजार कित्ता धितोपत्र कारोबार भएको हो । गत साता औसतमा १ अर्ब ४० करोडभन्दा बढीको ५१ लाख ४४ हजार कित्ता धितोपत्र कारोबार भएको देखिन्छ । अघिल्लो साता औसतमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ४८ लाख ७० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साता कुल कारोबार रकम १ करोड ९५ लाख रुपैयाँभन्दा कम भएको हो भने औसत कारोबार रकम ३९ लाख रुपैयाँभन्दा बढीले घटेको हो । कुल कारोबार कित्ता १३ लाख ७० हजार बढी भएको छ भने औसत कारोबार कित्ता २ लाख ७४ हजारले बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेन्ज ।  होटल तथा पर्यटन समूहको परिसूचक ६ प्रतिशतभन्दा बढीले घट्यो  गत साता होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव शून्य ३ प्रतिशतले घटेको हो । गत साता सबै समूहगत परिसूचकहरू घटेका छन् । होटल तथा पर्यटन समूहपछि निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८१ प्रतिशत घटेको छ । त्यस्तै जलविद्युतको ५ दशमलव ८० प्रतिशत, जीवन बीमाको ५ दशमलव २४ प्रतिशत, वित्तको ४ दशमलव ६५ प्रतिशत, विकास बैंकको ४ दशमलव ३५ प्रतिशत, लगानीको ३ दशमलव ५९ प्रतिशत, बैंकिङको ३ दशमलव ५७ प्रतिशत, अन्यको ३ दशमलव ५५ प्रतिशत, लघुवित्तको ३ दशमलव ३८ प्रतिशत, व्यापारको २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ९५ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव २२ प्रतिशत परिसूचक घटेको छ । गत साता सबैभन्दा कम परिसूचक म्युचुअल फण्डको घटेको हो ।  स्रोत : नेपाल स्टक एक्सचेन्ज ।

१८ सयमा ओर्लियो नेप्से लगानीकर्ताले गुमाए १८ अर्ब

नेप्से परिसूचक साढे तीन महिनाअघिकै विन्दुमा आइपुगेको छ । आइतबार नेप्से २६ दशमलव ५ अंकले घटेर १८ सय ८८ दशमलव २९ विन्दुमा आएको हो । यसअघि २५ मंसिरमा नेप्से परिसूचक एक हजार...

एक वर्षमा सेयर लगानीकर्ताले गुमाए ११ खर्ब पूँजी

३१ असार काठमाडौं । सेयर बजारका लगानीकर्ताका लागि आर्थिक वर्ष २०७८÷०७९ सुखद् रहन सकेन । अनेक नयाँ रेकर्ड बनेका वर्ष लगानीकर्ताको लागि भने निराशाजनक रह्यो । आर्थिक वर्ष ७८÷७९ मा नेप्से परिसूचक ८७३.९२ अंकले घटेको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से २८८३.४० अंकमा बन्द हुँदा धितोपत्र बजार पूँजीकरण ४० खर्ब १० अर्ब […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

२३ जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ । सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । सोमबार […]

यो साता ७९.९५ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले १ खर्बभन्दा बढी गुमाए

चैत २६, काठमाडौं । यो साता नेप्से परिसूचक ७९ दशमलव ९५ अंक घटेको छ । पछिल्लो समय २ हजार ८४८ दशमलव ८४ विन्दुदेखि ओरालो लागेको नेप्से परिसूचक २ हजार ४६४ दशमलव ३५ विन्दुमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४४ दशमलव ३० विन्दुमा रहेको थियो । अघिल्ला सातासम्म बढ्दै घट्दै गरेको नेप्से परिसूचक गत सातादेखि निरन्तर ओरालो लागेको हो । गत सातादेखि यो साताको अन्त्यसम्मको कारोबारमा नेप्से परिसूचक दुई दिन मात्र बढेको छ । यो साता अन्तिम कारोबार दिन बजार ३५ दशमलव ६९ अंकले बढेर बन्द भएको छ । साताको बजारका सूचकहरुको अवस्था : स्रोत : नेपाल स्टक एक्सचेञ्ज बजार निरन्तर घटेर न्यून विन्दुमा आएकाले सस्तोमा शेयर खरीद गर्ने सक्रिया हुँदा बिहीवार बजारमा सुधार देखिएको ब्रोकरहरुको भनाइ छ । देशको अर्थतन्त्र विग्रदै गएको अवस्थामा सरकारले सुधारको पहल गर्ने आशामा लगानीकर्ता रहेको ब्रोकरहरुको बुझाइ छ । बिहीवार बजार सुधारिनुलाई लगानीकर्ताहरुले भने अब बजार फर्किएको संकेत गरेका छन् । पूँजीबजार विश्लेषक विण्णु प्रसाद बस्यालले अब बजार माथीनै जाने विश्लेषण गरेका छन् । बजार सपोर्ट जोनलाइतिर आइसकेकाले अब पनि तल झर्ने सम्भावना कम रहेको उनको विश्लेषण छ । कम जोखिम मानिने वाणिज्य बैंकको शेयरमूल्य निकै तल आएकाले अवको दिनमा यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अनुमान उनले गरे । बजारको सर्वाधिक हिस्सा ओगटेको वाणिज्य क्षेत्रको शेयर खरीद चाप बढ्दा समग्र बजारलाई सकारात्मक प्रभाव पार्ने तर्क बस्यालले गरेका छन् ।  समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७२ अंक घटेको छ । गत साता ४७५ दशमलव ४७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६३ दशमलव ७५ विन्दुमा झरेको हो । कारोबार पनि गत साताभन्दा यो साता कम भएको छ । गत साता रू. १३ अर्ब ४२ करोड ५७ लाखभन्दा बढीको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू. ९ अर्ब ८३ करोड ४१ लाखभन्दा बढीको २ करोड २३ लाख ४९ हजार ५११ कित्ता मात्र धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता रू.३ अर्ब ५९ करोड १५ लाख बराबरको ३७ लाख १२ हजार १०४ कित्ता कम धितोपत्र कारोबार भएको हो । यो साता लगानीकर्ताहरुले रू. १ खर्ब १३ अर्ब ५१ करोड ११ लाख गुमाएका छन् । गत साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड २२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाखमा झरेको हो । नेप्से परिसूचक ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा कमि आउँदा कुल बजार पूँजीकरण घट्न पुगेको हो ।  होटल्स तथा पर्यटन समूह बाहेक सबै समूहको उपसूचक घट्यो  यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरुमध्ये होटल्स तथा पर्यटन समूहको मात्र उपसूचक बढेको छ भने बाकी समूहको घटेको छ । होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता १ दशमलव ९१ प्रतिशत बढेको हो । गत साता ३ हजार ८२ दशमलव १४ विन्दुमा रहेको होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता ३ हजार १४० दशमलव ८६ विन्दुमा पुगेको हो ।  गत साताको तुलनामा यो साता निर्जीवन बीमा समूहको सर्वाधिक ६ दशमलव ५५ प्रतिशत उपसूचक घटेको छ । यस आधारमा यो साता सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरु रहेका छन् । पूँजी बृद्धिको अभियान चर्चामा रहेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा भने खासै प्रभाव परेको देखिदैन ।  यो साता निर्जीवन बीमा समूहपछि वित्त समूहको ५ दशमलव १७ प्रतिशत, ब्यापारिक समूहको ४ दशमलव ५३ प्रतिशत, जलविद्युत समूहको ४ दशमलव १८ प्रतिशत, लगानी समूहको ४ दशमलव १२ प्रतिशतले घटेको छ । यसैगरी जीवन बीमा समूहको ४ दशमलव शून्य ३ प्रतिशत, अन्य समूहको ४ दशमलव शून्य २ प्रतिशत, विकास बैंक समूहको २ दशमलव २५ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ९८ प्रतिशत, बैंकिङ समूहको १ दशमलव ८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४० प्रतिशत र म्चुचुअल फण्ड समूहको १ दशमलव शून्य ९ प्रतिशत उपसूचक घटेको छ ।  सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई शुक्रवार निलम्बन गरेसँगै पूँजीबजार क्षेत्रका लगानीकर्ताहरुले मिश्रित प्रतिक्रियाहरु व्यक्त गरेका छन् । कतिपय लगानीकर्ताहरुले गर्भनरलाई ढिलै भएपनि निलम्बन गरेर स्वागतयोग्य निर्णय गरेको भनी प्रतिक्रिया दिएका छन् भने कतिपयले आर्थिक संकटको समयमा गभर्नरलाई निलम्बन गरेर गलत कदम चालेको बताएका छन् । ता पनि सरकारको यो कदमप्रति पूँजीबजार क्षेत्रले आगामी दिनमा कसरी हेर्छ र मूल्यांकन गर्छ त्यसमा नै आधारित भएर साताको पहिलो कारोबार दिन आइतवार बजार अगाडि बढ्ने देखिएको छ । साताव्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक एक्सचेञ्ज

यो साता १५१.३६ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले २ खर्बभन्दा बढी गुमाए

माघ १५, काठमाडौं। यो साता धितोपत्र दोस्रो बजारका सबै सूचकहरु नकारात्मक देखिएका छन् । गत साताको तुलनामा यो साता नेप्से परिसूचकसँगै समग्र समूहगत परिसूचकमा पनि कमि आएको हो । गत साताको भन्दा यो साता नेप्से परिसूचक १५१ दशमलव ३६ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ९३१ दशमलव ३४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ७७९ दशमलव ९८ विन्दुमा झरेको हो । यो साता पाँच कारोबार दिनमा अन्तिम दिन मात्र बजार ३ दशमलव ३३ अंकले बढेको छ । पहिलो दिनदेखि चौथो दिनसम्म बजार निरन्तर घटेको थियो । पहिलो दिन १० दशमलव ८३ अंक, दोस्रो दिन ९९ दशमलव ८६ अंक, तेस्रो दिन ५ दशमलव ५९ अंक र चौथो दिन ३८ दशमलव ४२ अंक बजार घटेको हो । पछिल्लो समय करीब दुई महीनामा बजार ६७१ अंकभन्दा माथि पुगेको थियो । यो बीचमा नाफा कमाएकाहरुले नाफा बुक गर्दा पछिल्लो समय बजार प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजीको अभावका कारण पनि पूँजीबजारमा लगानी घटेको हो । यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २५ दशमलव शून्य २ अंकले घटेको छ । गत साता ५४३ दशमलव ७४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५१८ दशमलव ७२ विन्दुमा झरेको हो । गत साता रू. ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार बराबरको ७ करोड ६५ लाख ६० हजार ६२७ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता मात्र शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता रू. ८ अर्ब ८४ करोड ४७ लाख ९७ हजार बराबरको १ करोड ८९ लाख ७३ हजार ९३५ कित्ता कम शेयर कारोबार भएको हो । चार कारोबार दिन घटेको बजारबाट यो साता लगानीकर्ताहरुले रू. २ खर्ब १३ अर्ब ८९ करोड ६६ लाख बराबरको सम्पत्ति गुमाएका छन् । गत साता रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाखमा झरेको हो । यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए यो साता कारोबारमा आएका सबै समूहगत परिसूचकहरु गत साताको तुलनामा घटेका छन् । १३ समूहमध्य यो साता विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन । यो साता वित्त समूहको ८ दशमलव ८५ प्रतिशत, विकास बैंकको ८ दशमलव ११ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै जलविद्युत समूहको ७ दशमलव ३० प्रतिशत , लगानी समूहको ६ दशमलव ४७ प्रतिशत, व्यापारिक समूहको ६ दशमलव ३१ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ५ दशमलव ७२ प्रतिशत , बैंकिङ्ग समूहको ५ दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको ४ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ ।  यस्तै निर्जीवन बीमाको ३ दशमलव ७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ५५ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ४३ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २८ प्रतिशत र अन्य समूहको २ दशमलव ५० प्रतिशत परिसूचक घटेको छ ।

३८.४२ अंकले घट्यो नेप्से परिसूचक, वित्त समूहका लगानीकर्ताले सवैभन्दा धेरै गुमाए

माघ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ४२ अंकले घटेको छ ।  यो दिन नेप्से परिसुचक २ हजार ७७६ दशमलव ६५ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २३३ ओटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ६१ हजार ४  पटकमा रू. ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ दशमलव १७ मा खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रहरु मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २१६ दशलमव ६० र बुद्धभुमि नेपाल हाइड्रोपावरको रू. ४६३ दशमलव २० पुगेको हो ।  त्यसैगरी यो दिन बुधवार सबैभन्दा बढी पोखरा फाइनान्सका शेयरधनीले गुमाएका छन् । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ५ दशमलव ५९ प्रतिशतले शेयरमूल्य घटेसँगै कम्पनीको शेयरधनीले सर्वाधिक गुमाएका छन् । शेयर मूल्य प्रतिकित्ता रू.५५६ मा झरेको हो । त्यसैगरी दोस्रोमा सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४ दशमलव २८ प्रतिशत घटेर प्रतिकित्ता रू.४७० कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । यो दिन कम्पनीको रू. १६ करोड ७७ लाख ५७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१२ कायम भएको छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. १३ करोड ५५ लाख ६७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो ।  यो दिन सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक २ दशमलव ४२ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमलव २४ प्रतिशत, व्यापार समूहको परिसूचक १ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशलमव १६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ६९ प्रतिशतले घटेको छ ।  यस्तै हाइड्रोपावर समूहको १ दशमलव ५९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ११ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७५ प्रतिशत,अन्य समूहको १ दशमलव १४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ६९ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव १२ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव १७ प्रतिशतका दरले घटेको छ ।    अघिल्लो  साता ३ हजारभन्दा माथि पुगेको नेप्से  यो दिन २ हजार ८०० मुनि झरेको छ । सामान्य उतारचढाव भएकाका कारण यो साताको शुरुवातदेखि नै नेप्से ओरालो लागिरहेको छ ।

शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए ?

२७ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड […]

यो साता ४ % भन्दा बढीले घट्यो नेप्से परिसूचक : लगानीकर्ताले करीब २ खर्ब गुमाए

असार १२, काठमाडौं । यो साता शेयर बजारका सबै महत्वपूर्ण परिसूचकहरु घटेका छन् । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्ससँगै समूहगत सबै परिसूचक गत साताभन्दा यो साता घटेका हुन् । यी सँगै कारोबार रकम, कारोबार कित्ता र कुल बजार पूँजीकरण पनि गत साताभन्दा यो साता कम भएको छ । गत साताको तेस्रो कारोबार दिनदेखि ओरालो लागेको शेयर बजार यस साताको तेस्रो कारोबार दिन बढेपनि बाँकी दिन भने निरन्तर घटिरहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनी सूचीकृत रहेपनि ५१ ओटा कम्पनीहरुको नियामक निकायको धारणाले समग्र बजारलाईनै असर पुर्‍याएको हो ।  नियामकले कम्पनीहरुप्रति नकारात्मक धारणा भन्दा पनि यी कम्पनीहरुको वित्तीय अवस्था अनुसार बजारमूल्यमा उतारचढाब देखिएकाले अध्ययन अनुसन्धानपश्चात मात्र लगानी गर्ने सचेत गरेको बताउँदै आएको छ । बजार विकास र विस्तारका लागि निरन्तर सरकारात्मक कदम चाल्दै आएको बोर्डको गत साताको ५१ कम्पनीहरु प्रतिको धारणा समेटिएको प्रेस विज्ञप्तीले भने बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।   गत साताभन्दा यो साता नेप्से परिसूचक ४ दशमलव २३ प्रतिशत अर्थात् १२५ दशमलव ४७ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीवार २ हजार ९६८ दशमलव ४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४३ विन्दुमा कायम भएको हो । साताको पहिलो कारोबार दिन ६३ दशमलव २८ अंक, दोस्रो दिन ७१ दशमलव शून्य ६ अंक घटेको बजार तेस्रो दिन भने ७९ दशमलव ४४ अंकले बढेको थियो ।  चौथो दिन ५१ दशमलव ६५ अंकले फेरी घटेको बजार पाँचौ दिन १६ दशमलव ९६ अंकले घटेको छ । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा १५ दशमलव ४७ अंक अर्थात् २ दशमलव ८६ प्रतिशतले कमि आएको छ । गत साता ५४१ दशमलव ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ६५ विन्दुमा बन्द भएको हो । यो साता गत साताभन्दा कारोबार रकम रू. ३२ अर्ब २३ करोड १३ लाख ७६ हजारले कम भएको छ । गत साता रू. ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार बराबरको कारोबार भएकोमा यो साता रू. ४९ अर्ब १२ करोड १० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । यो साता अन्तिम कारोबार दिन कारोबार रकम रू. ७ अर्ब ३ करोडमा खुम्चिएको छ । कारोबार रकम घटेसँगै कारोबार कित्ता पनि घटेको छ । गत साता १५ करोड १७ लाख ७ हजार ४८२ कित्ता शेयर कारोबार भएकोमा यो साता १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर कारोबार भएको हो । गत साताभन्दा यो साता ४ करोड ९४ लाख ४१ हजार ९४१ कित्ता कम शेयर कारोबार भएको हो । यो साता बजारका सबै सूचकहरु नकारात्मक हुँदा लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ८९ अर्ब ६६ करोड ९० लाख ३३ हजार घटेको छ । गत साता रू. ४१ खर्ब ३९ अर्ब २८ करोड ८० लाख ५३ हजार रहेको कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ४९ अर्ब ६१ करोड ९० लाख २० हजारमा झरेको छ ।  कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. १ खर्ब ६९ अर्ब ५० करोड रहेको छ । कम्पनीको अन्तिम मूल्य बिहीवार रू. १ हजार ३१३ कायम भएको छ । गत साता यो मूल्य रू. १ हजार २९८ थियो । गत साताको भन्दा यो साता नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेको हो । यो साता समूहगत सबै परिसूचकहरुमा कमी आएको छ । विकास बैंक र वित्त समूहको परिसूचक यो साता सर्वाधिक घटेको छ । गत साताभन्दा यो साता विकास बैंकको ७ दशमलव ५७ प्रतिशत र वित्तको ७ दशमलव २४ प्रतिशत परिसूचक घटेको हो । गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता समूहगत परिसूचकमा भएको थपघटको अवस्था :                                                                                 स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)