काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन अप्रत्यासित रुपमा युक्रेनको राजधानी किभ पुगेका छन्। पोल्यान्डबाट युक्रेन पुगेका राष्ट्रपति बाइडेनले युक्रेनलाई अमेरिकी साथ निरन्तर रहने बताए। रुसले आक्रमण गरेपछि बाइडेन पहिलो पटक किभ पुगेका हुन्। अमेरिकी राष्ट्रपतिको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘मेरो किभ भ्रमणले युक्रेनको लोकतन्त्र, सम्प्रभुता र क्षेत्रीय अखण्डताका लागि हाम्रो निरन्तर र अटल प्रतिबद्वतालाई […]