काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले हानिकारक गतिविधिमा संलग्न नहुन रुसलाई चेतावनी दिनुभएको छ । बेलायत भ्रमणमा रहनुभएका राष्ट्रपति बाइडेनले आफूले रुससँग सामान्य सम्बन्ध चाहेको तर रुसी सरकार कुनै पनि हानिकारक गतिविधिमा संलग्न भएमा अमेरिकाले ठोस र अर्थपूर्ण जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ ।
सफोल्कमा रहेको आरएएफ मिल्डेनहल एअरबेसमा अमेरिकी सैनिक तथा उनीहरुका परिवारलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले रुसका गतिविधिलाई अमेरिकाले गम्भीरताका साथ हेरिरहेको बताउनुभयो । राष्ट्रपतिको जिम्मेवारीमा आएपछि बाइडेन...