अमेरिकाले लोकतन्त्र विषयमा सम्मेलन गर्दै : एकसय १० देशलाई निम्तो, चीन र रुसलाई नबोलाउने

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिनुभएको छ । डिसेम्बरको ९ र १० तारिखमा हुने यस सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन । तर ताइवान भने यो सम्मेलनमा भाग लिँदैछ । अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यसबारे उल्लेख छ । अमेरिकाको यो कदमसँग चीन असन्तुष्ट हुनसक्ने बीबीसीले जनाएको छ ।  किनकी ताइवानलाई चीनले आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ । यस्तै अमेरिकाले टर्की, अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि यस सम्मेलनमा बोल...

सम्बन्धित सामग्री

अमेरिकाले लोकतन्त्र सम्मेलनमा ताइवानलाई डाकेपछि चीन क्रुद्ध

अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ताइवानलाई आमन्त्रण गरेपछि चीन क्रुद्ध बनेको छ । ताइवानलाई चीनले आफ्नै भएको दाबी गर्छ भने अमेरिकालगायत केही पश्चिमा मुलुकहरूले चीनलाई भड्काउन ताइवान मामिला उछालिरहेका छन् । तर, अमेरिका स्वयमले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएको छैन । डिसेम्बर ९ र १० तारिखमा अमेरिकाले लोकतन्त्र सम्मेलन आयोजना गर्दैछ । तर, यो सम्मेलनमा सहभागी हुन ह्वाइट हाउसले चीन र रसियालाई भने निम्तो पठाएको छैन । आफूले दाबी गरिरहेको ताइवानलाई चाहिँ सम्मे