गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ गराएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै बस्याललाई शपथ ग्रहण गराएका थिए ।शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय पोसाक वा जातीय पहिचान झल्किने पोसाकमा उपस्थित भएका छन् । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्