नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । चैत १२ गतेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेसँगै चितवन एक्स्पो सेन्टर भरतपुरमा मेला सुरु भएको हो ।कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको आयोजकको भनाइ छ । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् ।मेला