काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष त्रय थापा, राणा र लोहनीले पार्टीको वृहत्तर हितका लागि आफूहरू त्याग गर्न पनि तयार रहेको बताउनुभयो । आज बुधवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रिय...